२४ चैत्र २०७५, काठमाडौं
ईङ्लिस प्रिमियर लिगको उपाधी दौडमा रहेको म्यानचेष्टर सिटी एफए कप फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।
गएराती वेम्बली रंगशालामा भएको खेलमा सिटीले लिग प्रतिस्पर्धी टोली ब्राइटन होव अल्वियोनलाई १–० ले हराउँदै फाईनल प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको चौथो मिनेटमै गाब्रियल जेससले गरेको १ मात्रै गोल सिटीको जितमा निर्णायक बन्यो ।
उनले केभिन डि ब्रुयानको पासमा गोल गरेर अग्रता दिलाएका थिए ।
यससँगै सिटीले अब उपाधीका लागि उल्भ्स र वाटफोर्डबीचको विजेता टोलीसँग भिड्नेछ । यी दुईको खेल भने आज राति हुँदैछ ।