‘नेपाल आइडल’ विजेता रवि ओडको पहिलो गीत सार्वजनिक (भिडियो)



२४ चैत्र २०७५, काठमाडौँ

‘नेपाल आइडल सिजन २’ को विजेता भएपछि रवि ओडको चर्चा निकै हुन थालेको छ । अहिले रवि ओड देश तथा विदेशका कार्यक्रममा निकै व्यस्त छन् । यसैबीच दर्शकले उनको गीतको पनि प्रतिक्षा गरिरहेको बेला रवि ओडको पहिलो गीत सार्वजनिक भएको छ ।

कृष्ण केसीको शब्द र हरि लम्सालको संगीत रहेको मिठो बोलीले बोलको गीतमा रवि ओडको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा रवि ओड र नेपालकी चर्चित मोडल तथा नायिका अलिशा राईलाई फिचरिङ गराइएको छ । उक्त गीतलाई शिव विकले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्