पोखरामा प्रमोद खरेलले हेलिकप्टर दुर्घटनामा निधन भएका रबिन्द्र अधिकारीको सम्झनामा गीत गाउँदा दर्शक भए भावुक



२४ चैत्र २०७५, काठमाडौँ

प्रमोद खरेल नेपाली सांगीतिक जगतमा परिचित नाम हो । उनलाई नचिन्ने मानिस सायदै छैनन्  होला । प्रमोद खरेल भन्ने बित्तिकै सबैलाई ‘म बिना कसै कसैलाई’ बोलको गीतको याद आउँछ । किनकी आज प्रमोद खरेललाई यो स्थानसम्म यहि गीतले ल्याएको हो ।

यतिबेला प्रमोद खरेल पोखरामा छन् । उनी एक सांस्कृतिक कार्यक्रमको लागि पोखरा गएका हुन् । प्रमोद पोखराका दर्शकबीच निकै नै प्रिय छन् । त्यसैले उनी बेला बेलामा पोखरा पुगिरहेका हुन्छन् । त्यस्तै प्रमोदले प्रस्तुती दिन पुग्दा पोखराको सभागृह हलमा दर्शकको थामीनसक्नु भिड थियो ।

उनले सुरुमा नै आफ्नो हिट गीत ‘म बिना कसै कसैलाई’ गाएका थिए । त्यसपछि उनको गीतमा रमाइरहेका दर्शक अचानक भावुक बन्न पुगे । प्रमोदले केही समय अघि हेलिकप्टर दुर्घटनामा निधन भएका पोखराका पर्यटक मन्त्री रबिन्द्र अधिकारीको सम्झनामा एक गीत गाएका थिए । जसले पोखराका दर्शकको आँखामा आँशु ल्यायो । प्रमोदले उक्त गीत आफूले रबिन्द्रको लागि डेडिकेट गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्