एसिड आक्रमणपछि दिपिकाको फेरिएको लुक्सलाई चिन्न उनका फ्यानलाई पर्यो मुश्किल



२४ चैत्र २०७५, काठमाडौँ

बलिउड नायिका दिपिका पादुकोण यतिबेला चलचित्र छपाक को सुटिङमा व्यस्त छिन् । यसै चलचित्रको लागि उनले आफ्नो लुक्स पनि परिवर्तन गरेकी छिन् । एसिड आक्रमण पछि बाँच्न सफल लक्ष्मी अग्रवालको जीवनमा आधारित चलचित्र छपाक मा नायिका दिपिका पादुकोणले लक्ष्मीको भूमिका निभाएकी हुन् ।

यतिबेला उनको फेरिएको लुक्सले उनका फ्यानलाई ठूलो सरप्राइज पनि दिएको छ । त्यस्तै दिपिकाको फेरिएको लुक्सलाई उनका फ्यानले समेत राम्ररी चिन्न सकेका छैनन् । यो भूमिका दिपिकाको लागि निकै चुनौतीपूर्ण रहेको बताइएको छ । चलचित्र छपाक २०२० जनवरी १० मा प्रदर्शनमा आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्