ओखलढुंगा कटुञ्जे सरोकार समाज र मोलुङ फाउन्डेसनको रक्तदान कार्यक्रम सम्पन्न



२४ चैत २०७५, काठमाडौं

ओखलढुंगा कटुञ्जे सरोकार समाज काठमाडौं, मोलुङ फाउन्डेसन काठमाडौं र मोलुङ बचत तथा सहकारी संस्था भक्त्तपुरद्वारा आयोजित रक्तदान कार्यक्रम मोलुङ फाउन्डेसन परिसर कोटेश्वरमा समपन्न भएको हो ।

उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाको प्रमुख आतिथ्यता रहेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा संकलन भएको रगत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार गृहमा पठाईने ओखलढुंगा कटुञ्जे सरोकार समाजका  अध्यक्ष पेशल कुमार पराजुली जानकारी दिएका छन् ।

आयोजक संस्था ओखलढुंगा कटुञ्जे सरोकार समाजका सचिब बिष्णु गिरीले  रगतको अभाबमा अकालमा कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर बिगत देखिनै संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

अध्यक्ष पराजुलीले कार्यक्रमकै अवसरमा ओखलढुंगा कटुञ्जे सरोकार समाजले चैत्र ३० गते शनिबार घ्याम्पेडाँडा भक्त्तपुरमा गरिने नयाँ बर्ष २०७६ सालको शुभकामना आदप्रदान, बनभोजबारे जानकारी गराउदै कार्यक्रममा सहभागीलाई उपस्थितीको लागि अनुरोध गरेका थिए ।

शनिबार बिहान १० बजे बाट शुरुभएको रक्तदान कार्यक्रम दिउसो २ बजे सम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्