२४ चैत्र २०७५, काठमाडौं
अर्जेन्टिनाको यौन खेलौना ‘सेक्स टोय’ बेच्ने कम्पनी तुलिपनले एउटा यस्तो कण्डम बनाएको छ , जुनलाई खोल्नुअघि दुईजना प्रयोगकर्ताको सहमति हुनुपर्दछ ।
अथार्त्, प्याकेट खोल्नका लागि एकै समयमा चारवटा पोइन्टमा दबाउनुपर्छ । जुन एकजनाले यो दबाउँनलाई सम्भव हुँदैन । र, त्यहाँ दुई जनाको आवश्यक पर्दछ ।
‘कन्सेन्ट कण्डम’ नाम दिइएको यो कण्डमको प्याकेटको चार कुनामा पोइन्ट बनाईएका र त्यसलाई खोल्नका लागि एकैचाटी ४ ठाउँमा दबाउँनुपर्ने हुन्छ । यदि दुई व्यक्तिले आफ्नो दुबै हातले यसलाई सँगै दबाउँछन् भनेमात्र यसको प्याकेट खोलिनेछ ।
कण्डमको प्याकेटमा लेखिएको छ, ‘यदि यसमा सहमती छैन भने यो असहमती हो ।’
यसलाई औपचारिक रुपमा यसै वर्ष सार्वजनिक गरिनेछ ।
भिडियो !
Este pack es tan simple de abrir como entender que si no te dice que sí, es no. #PlacerConsentido pic.twitter.com/KHWyoFmg7L
— Tulipán Argentina (@TulipanARG) April 3, 2019