‘मिस नेपाल’ मा बिना ‘मेकअप’ सहभागी हुने प्रतियोगीलाई जजले गाली गरेपछि श्रृङ्खला खतिवडाले दिइन् कडा जवाफ



२४ चैत्र २०७५, काठमाडौँ

मिस नेपाल २०१९ को यात्रा सुरु भैसकेको छ । साथै २०१९ सँगै मिस नेपालले आफ्नो २५ औँ बर्ष पार गरिसकेको छ । यसैबीच धेरै युवतीहरुले मिस नेपालमा भाग लिएर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

२०१८ को मिस नेपालको ताज श्रृङ्खला खतिवडाले पाएकी थिइन् । अब २०१९ को मिस नेपालको ताजको लागि नेपालका विभिन्न क्षेत्रबाट धेरै युवतीहरुले सहभागी जनाएका छन् । तर यसपटक मिस नेपालको यात्रा सुरु हुने बित्तिकै इन्टरभ्यूमा एक जर्जको कमेन्टलाई लिएर विवाद सुरु भएको छ ।

मिस नेपालमा भाग लिन आएकी प्रतियोगी बिना मेकअपमा आएपछि जर्जको रुपमा रहेकी रचना गुरुङले राम्री हुन मेकअप गर्नुपर्ने बताएपछि अहिले धेरैले उनको आलोचना गरेका छन् । यसैबीच मिस नेपाल श्रृङ्खला खतिवडाले रचनालाई कडा जवाफ दिएकी छिन् । उनले सामाजिक सञ्जालमा आफ्नो फोटो अपलोड गर्दै नो मेकअप बट स्टिल ब्यूटिफूल लेखेकी छिन् । यसबाट उनले राम्री हुन मेकअप नै चाहिने कुरा गलत भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्