२४ चैत २०७५, काठमाडौं
नारी चेतना समाज नेपालको आयोजनामा संचालित स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ महिला स्वास्थ्य कार्यक्रम बूढानीलकण्ठ हात्तिगौंडामा सम्पन्न भएको छ ।
नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर प्रालिको विशेष सहयोगमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा प्रदेशसभा सदस्य दिपक निरौला, बूनपा ७ का वडाध्यक्ष वसनारायण महर्जन, वडा सदस्य राममाया महर्जन, सावित्री ढकाल, समाजसेवी प्रदिप डंगोल लगायत अन्य विशिष्ठ व्यत्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
शनिबार १०-३ बजे सम्म रहेको कार्यक्रममा १५१ जना लावान्वित भएका छन् । ल्याव टेस्ट, रिपोर्ट तथा औषधी वितरण समेत गरिएको थियो ।
बूढानीलकण्ठ नगरपालिकाको प्रायोजन रहेको कार्यक्रममा आयोजक संस्थाहरु नारी चेतना समाज, ऋचा वजिमय स्मृति फाउण्डेसन र टुनग्रम ईन्टरनेश्नल एकेडेमी रहेका थिए ।