२४ चैत्र २०७५, काठमाडौं
गौतम बुद्ध रंगशाला निर्माण सहयोगार्थ ‘मातृभूमि कप’ हिजो स्थगित भएपछि अब अर्को शनिबार हुने भएको छ ।
हिजो हुने भनिएको खेल भारी वर्षा भएपछि अर्को शनिबार अर्थात ३० चैत्रका लागि सारिएको हो ।
प्रतियोगिताको मिति हेरफेर भए पनि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिने धुर्मुस–सुन्तली फाउन्डेशनले जनाएको छ । साथै, सोही दिन पनि त्रिवि मैदानमा टिकट लिन सकिनेछ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना हुने खेलले अझै धेरैलाई लोभ्याउने आयोजकको विश्वास छ । मंगलबारदेखि पुनः कलाकारहरुको अभ्यासमा उत्रिने छन् ।
खेलका लागि कलाकारको दुई टोली र क्रिकेटरको दुई टोलीको छनौट भइसकेको छ ।
चलचित्र र संगीत क्षेत्रका कलाकारले ‘ए’ र ‘बी’ टिममा रहेर मनोरञ्जनात्मक क्रिकेट खेल्नेछन् ।