चर्चित लोकदोहोरी गायक प्रकाश सपूत र प्रिती आलेको ‘दोहोरी ब्याटल २’ रिलिज (भिडियो)



२५ चैत्र २०७५, काठमाडौँ

प्रकाश सपूत लोकदोहोरी क्षेत्रका निकै नै सफल र चर्चित गायक हुन् । उनलाई बोल माया गीतले दर्शकमाझ परिचित गराएको थियो । उनको बोल माया बोलको गीतले दर्शकलाई अत्याधिक रुचाए । अहिले पनि कुनै कार्यक्रममा जादाँ प्रकाशले यो गीत गाउन छुटाउने गरेका छैनन् ।

त्यस्तै बोल माया पछि आएको उनको गायिका प्रिती आलेसँगको दोहोरी ब्याटल लाई पनि दर्शकले औधी रुचाए । उक्त गीतबाट प्रिती आले पनि निकै चर्चामा आइन् । अहिले फेरि प्रकार र प्रितीले दोहोरी ब्याटल २ लिएर आएका छन् । जसले रिलिज भएको केही समयमा नै सर्वाधिक भ्यूज पाउन सफल भएको छ ।

प्रकाश सपूतकै शब्द र संगीतमा तयार भएको गीतमा प्रकाश सपूत र प्रिती आलेको आवाज रहेको छ । त्यस्तै गीतमा प्रकाश र प्रिती नै फिचर्ड छन् । उक्त भिडियोलाई प्रकाश सपूत नै निर्देशन गरेका हुन् । अहिले उक्त गीत युट्युबको ट्रेन्डिङ १ मा पर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्