आफ्नै घरमा असन्तुष्ट पिएसजी, गुमायो एक खेल अगावै च्याम्पियन हुने मौका !



२५ चैत्र २०७५, काठमाडौं

फ्रन्च लिगअन्तर्गत गएराती भएको खेलमा पिएसजीले आफ्नै घरमा राम्रो नजिता ल्याउन सकेन । स्ट्रासवर्गसँग २/२ मा रोकिएपछि पिएसजी ले ८ खेल अगावै च्याम्पियन हुने मौका गुमाएको छ ।

ठुला स्टारहरु बिनै मैदानमा उत्रिएको पिएसजी ले खेलको १३ औँ मिनेटमा अग्रता लिएको थियो । एरिक म्याक्सिमले गोल गर्दै पिएसजी लाई अग्रता दिलाए ।

तर, ३६ औँ मिनेटमा नुनो डि कोस्टा र ३८ औँ मिनेटमा एन्थोनी गोनकाल्वेसले गोल गरेपनि स्ट्रासवर्गले पहिलो हाफमा २/१ को अग्रता लियो।दोस्रो हाफ एक्लो नियन्त्ररणमा राखेपनि पिएसजी ले बराबरी गोलको लागि ७६ मिनेटसम्म कुर्न पर्यो ।

दोस्रो स्थानको लिल भन्दा २० अंकले अगाडी रहेको पिएसजी ले बाँकि ७ मध्ये कुनै खेलमा जित हातपारे च्याम्पियन हुनेछ । पिएसजी को ३० खेलमा ८१ अंक छ भने ३१ खेल खेलेको लिलको ६१ अंक छ ।

प्रतिक्रिया दिनुहोस्