‘मेरी नातिनीले मेरो कोठामा आएर सामान चलाउँदा र कोठा फोहोर गर्दा मलाई निकै खुसी लाग्छ’ : अमिताभ बच्चन



२५ चैत्र २०७५, काठमाडौँ

अमिताभ बच्चन बलिउडका महानायकको रुपमा परिचित छन् । उनले बलिउडमा धेरै ठूलो योगदान दिएका छन् । उनी उमेरले निकै ठूलो भएपनि चलचित्र क्षेत्रमा अझै सक्रिय छन् । यस्तै उनी बेला बेलामा अन्तवार्तामा आफ्नो पारिवारिक कुरा पनि गरिरहेका हुन्छन् ।

अमिताभ आफ्नी नातिनी आराध्यालाई असाध्यै माया गर्छन् । उनी नातिनी बिना एकछिन पनि बस्न सक्दैनन् । यस्तैमा अमिताभले आफ्नी नातिनीको पोल खोलेका छन् । उनले नातिनीले आफ्नो काम गर्ने कोठामा आएर फोहोर गर्ने गरेको बताए । उनकी नातिनीलाई कलम चलाउन असाध्यै मन पर्ने भएकाले अमिताभको कलमले जताततै कोर्ने गरेको अमिताभले बताएका छन् । अमिताभले आफूलाई नातिनीले आफ्नो कोठा फोहोर गरेको असाध्यै मन पर्ने बताए ।

उनले नातिनी सानी भएकाले उनका हरेक क्रियाकलापले आफूलाई आनन्द दिने बताए । साथै आराध्याले पनि अमिताभलाई निकै नै माया गर्छिन् । उनीपनि आफ्नो हजुरबुबा बाट टाढा बस्न सक्दिनन् ।

प्रतिक्रिया दिनुहोस्