अनमोललाई पाउने केटी निकै भाग्यमानी : सुहाना थापा



२५ चैत्र २०७५, काठमाडौँ

नायिका सुहाना थापा यतिबेला निकै चर्चामा छिन् । कारण उनी अभिनीत पहिलो चलचित्र ए मेरो हजुर यहि चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्र ए मेरो हजुर ३ मा सुहानाको जोडी अनमोलसँग बाधिएको छ । त्यसैले पनि आजभोली सुहानाको नाम अनमोलसँग जोडिएर आउन थालेको छ । अहिले सुहाना चलचित्र ए मेरो हजुर ३ को प्रमोशनमा निकै व्यस्त छिन् ।

सुहानाले अनमोलको निकै नै तारिफ गर्ने गरेकी छिन् । उनले अनमोल निकै बुझ्ने र मनको सफा भएको बताएकी छिन् । उनले चलचित्रको छायांकनको क्रममा पनि अनमोलले आफूलाई निकै नै सहयोग गरेको बताएकी छिन् ।

उनलाई अन्तवार्तामा अनमोल र तपाईको भविष्यमा रियल जोडी बन्ने सम्भावना कति छ भनेर प्रश्न गरिएको थियो । जहाँ सुहानाले अहिलेसम्म आफूले अनमोललाई त्यस्तो रुपमा नहेरेको तर जसले अनमोललाई पाउँछे त्यो केटी संसारकै भाग्यमानी हुने बताइन् । उनले अनमोल हरेक कुराले राम्रो भएकाले हरेक केटीको चाहना उ जस्तै केटा पाउने समेत रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्