चर्चित नायक दिलीप रायमाझी र ‘सालको पातको टपरी’ बाट चर्चामा आएकी नायिका मरिष्का पोखरेलको नयाँ गीत रिलिज (भिडियो)



२५ चैत्र २०७५, काठमाडौँ

दिलीप रायमाझी नेपाली चलचित्र जगतका अव्वल अभिनेता हुन् । कुनै समयमा कमेडी नायकको रुपमा आफूलाई स्थापित गरेका अभिनेता दिलीप रायमाझी अहिले चलचित्र क्षेत्रमा त्यति सक्रिय छैनन् । तर अझैपनि उनको तारिफ र चर्चा भने नेपाली चलचित्र क्षेत्रमा भैरहेको पाइन्छ ।

लामो समयपछि दिलीप रायमाझीले खेलेको म्यूजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । दयाराम दाहालको शब्द र संगीत रहेको माया त लाउने त बोलको गीतमा शंकर लाल श्रेष्ठको आवाज रहेको छ । उक्त गीतमा दिलीप रायमाझीसँगै सालको पातको टपरी बोलको गीतबाट चर्चा कमाएकी नायिका मरिष्का पोखरेललाई फिचर्ड गराइएको छ । उक्त गीतको निर्देशन लियास भट्टराईले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्