२५ चैत्र २०७५, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोष संचालनको कार्यशैली परिवर्तन गर्न निर्देशन दिएका छन् ।
कोषका सञ्चालक समिति अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संघीय संरचना र स्थानीय तहको क्षेत्राधिकारलाईसमेत मध्यनजर गर्दै पुनःसंरचना गर्न आग्रह गरेका हुन् ।
उनले कोषलाई गरिब र विपन्नवर्गको क्षमता विकासमा केन्द्रित हुन र उद्यमशीलता प्रवर्द्धन गर्दै गरिबी निवारणमा ठोस उपलब्धि हासिल हुनेगरी कार्यक्रम संचालन गर्न सुझावसमेत दिएका छन् ।