यसकारण बाबालाई चिठ्ठी लेखेर छोराछोरी र आमा एकैसाथ झुण्डिएर गरे आत्महत्या (भिडियो)



२५ चैत्र २०७५, काठमाडौँ

फेरि एउटा नराम्रो घटना घटेको छ । चितवनको भरतपुरमा बस्दै आएकी माया आलेमगर आफ्ना छोराछोरीसँग झुण्डिएर आत्महत्या गरेकी छिन् । उनीसँगै उनकी १३ बर्षीय छोरी विनिता मगर र ११ बर्षीय छोरा विवेक मगरले आत्महत्या गरेका हुन् ।

मायाका श्रीमान् भने अहिले काठमाडौँमा नै छन् । मायाको निधनपछि उनका छिमेकीले यसबारे मुख खोलेका छन् । मायाका छिमेकीको भनाईअनुसार उनी गाउँमा सबैसँग मिलनसार थिइन् । उनको कसैसँग पनि नराम्रो सम्बन्ध थिएन । तर लोग्नेसँग भने कहिलेकाहीँ झगडा परिरहन्थ्यो । उनले एकाबिहानै आफ्ना छोराछोरीसँग आत्महत्या गरेको कुरा छिमेकीले बताएका छन् ।

मायाका छोराले आफ्नी बाबुलाई किन हामीलाई हेला गर्नुभएको ? हजुरले हामीलाई माया किन गर्नुहुन्न ? भनेर म्यासेज पठाएको कुरा समेत छिमेकीले बताएका छन् । तर वास्तविकता भने अझै खुल्न आएको छैन । यस घटनापछि पनि उनका श्रीमानले भने कुनै प्रतिक्रिया दिएका छैनन् । तर यो आत्महत्या मायाले आफ्नी छोराछोरीसँग सल्लाह लिएर नै गरेको हुनसक्ने छिमेकीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्