पिआरपी ट्रिटमेन्ट के हो ? जान्नैपर्ने जानकारी !



२५ चैत्र २०७५, काठमाडौं

कपाल झर्ने र कपाल पातलो हुने समस्याका लागि गरिने एक प्रकारको उपचार हो, पिआरपी…

जसलाई प्लेटलेट रिच प्लाज्मा पनि भनिन्छ । यो उपचार कपाल झर्ने समस्या भएका महिला र पुरुष दुवैमा गर्न सकिन्छ । विशेष गरि पुरुषका लागि यो थेरापि प्रभावकारी भएको चिकित्सकहरु बताउछन् ।

प्लेटलेटमा विभिन्न किसिमका ग्रोथ फ्याक्टरहरु हुन्छन । यसले रक्तश्राव रोक्ने काम गर्छ ।

प्लेटलेटलाई निकालेर सेन्ट्रिफ्युज गरिन्छ । सेन्ट्रिफ्युज गरिसकेपछि मसिना सुइहरुको प्रयोग गरि कपाल झरेको या पातलो भएको ठाँउमा हालिन्छ ।

प्लेटलेट रिच प्लाज्मा उपचार झरेको कपाल फर्काउन मात्र नभई अन्य प्रयोजनको लागि पनि प्रयोग गर्न सकिन्छ ।

“पिआरपी उपचार विशेष गरि बंशाणुगत र अन्य रोगको कारणले कपाल पातलो भएको या झर्दै गएको अवस्थामा गरिन्छ । यसका अलवा घाउ सँन्चो बनाउन, दागहरु हटाउन र कालो धब्बा हटाउनलाई पनि यो उपचार गर्न सकिन्छ ।” विज्ञहरु बताउँछन् ।

यसको उपचार कसरी गर्ने?

उपचार गर्दा सबैभन्दा पहिला रगत निकालिन्छ । रगत आवश्यकता अनुसार १० देखि २० मिलिलिटर सम्म हेरेर निकालिन्छ । प्लाज्माबाट प्लेटलेट निकाल्न त्यसलाई सेन्ट्रिफ्युज गरिन्छ ।

‘पहिला ६ मिनेटको लागि गरिन्छ । जसलाई १५०० रोटेसन पर मिनेटमा र दोस्रो १५ मिनेटको लागि २५०० रोटेसन पर मिनेटमा गरिन्छ । बढि जसो सबैले यहि विधि प्रयोग गर्छन् तर सेन्ट्रिफ्युजको बारेमा विश्वभर नै अनुुन्धान जारी छ ।

सेन्ट्रिफ्युजबाट प्लेटलेट निकारेर कपाल झरेको ठाँउमा, पातलो भएको भागमा सुइ मार्फत हालिन्छ । त्यसपछि मिनअक्सेडल नामको औषधी लगाउनु पर्दछ ।

उपचार कत्तिपटक आवश्यक?

प्लेटलेट रिच प्लाज्मा उपचार महिनाको एक पटक गरिन्छ । यो उपचार ४ देखि ६ पटक गरिन्छ । पुरै रिजल्ट देखिन केहि समयलागे पनि पहिलो उपचारबाटै कपाल झर्न रोकिन्छ ।

उपचारले कस्तो खालको प्रभावकारिता देखाउँछ?

कपाल पातलो भएको र झर्ने प्रकृयामा उत्कृष्ट रिजल्ट देखिन्छ । कपाल नै नभएको ठाँउमा यसले काम गर्दैन । त्यसका लागि कपाल प्रत्यारोपन नै गर्नुपर्छ ।

नेपालमा यो उपचार सुरु भएको एक वर्ष भन्दा बढि भइसकेको छ । उपचार गराएकाहरुबाट पनि राम्रो प्रतिक्रया विज्ञहरु दिन्छन् ।

पिआरपीको साईड ईफेक्टहरु हुन्छ की हुँदैन?

उपचार गर्दा कपाल पातलो भएको ठाँउमा सुइ लगाइन्छ ।सुइ लगाउदा दुख्छ । कसै कसैलाई एकदुइ दिन टाउको दुख्ने पनि हुनसक्छ ।

कपाल झर्नुका प्रमुख कारण !

कपाल विभिन्न कारणले झर्न सक्छ । वंशाणुगत कारणले पनि झर्छ जसलाई एन्ड्रोजेनेटिक एलोपेसिया भनिन्छ ।

यो कपाल झर्ने रोग भने होइन । एन्ड्रोजेनेटिक एलोपेसियामा कपाल विस्तारै पातलो हुँदै जान्छ र अन्तमा हराएरै जान्छ ।

यसका अलावा विभिन्न कारणको रोगहरु लागेमा, औषधी खाइरहेको अवस्थामा पनि कपाल झर्न सक्छ ।

कपाल प्याच्च प्याच्च झर्ने रोगलाई एलोपेसिया एरियाटा भनिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्