वरुण धवनलाई भेट्न नपाएपछि महिला फ्यानले वरुणकी गर्लफ्रेण्ड नताशालाई दिइन मार्ने धम्की !



२५ चैत्र २०७५, काठमाडौँ

वरुण धवन पछिल्लो समयमा बलिउडका निकै चर्चित र व्यस्त अभिनेता हुन् । उनले आफ्नो अभिनयको सुरुवात चलचित्र स्टुडेन्ट अफ द इयर बाट गरेका थिए । उनले यो चलचित्रबाट सर्वाधिक चर्चा पाएका थिए । अहिले बलिउडमा उनको डिमाण्ड चर्को छ ।

यसैबीच वरुण धवनको बारेमा नयाँ कुरा सार्वजनिक भएको छ । उनकी एक महिला फ्यानले उनकी गर्लफ्रेण्ड नताशालाई मार्ने धम्की दिएको खबर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

वरुण धवनकी डाइहार्ट महिला फ्यान उनलाई भेट्न घण्टौँसम्म उनको घर अगाडी बसेर पनि उनलाई भेट्न नपाएपछि आफ्नो आक्रोश वरुणकी गर्लफ्रेण्डमाथि पोखेकी छिन् । उनले वरुणकी गर्लफ्रेण्डलाई मार्ने धम्की दिएपछि वरुणका सुरक्षा गार्डले उनलाई पुलिसको जिम्मा लगाउने निर्णय गरेको कुरा बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्