‘प्रेमगीत ३’ मा प्रदिपको पिता बन्न राजी राजेश हमाल !



२५ चैत्र २०७५, काठमाडौँ

अभिनेता राजेश हमालले करिब २ बर्षपछि चलचित्र खेल्ने सम्भावना देखाएका छन् । उनी करिब २ बर्षदेखि काँचको पर्दाबाट टाढा रहेकाले दर्शकहरु पनि उनको चलचित्रको धेरै प्रतिक्षा  गरिरहेका छन् । राजेश हमाललाई केही समयअघि प्रेमगीत निर्माता सन्तोष सेनले चलचित्र प्रेम गति ३ को लागि अप्रोज गरेका थिए ।

उनी चलचित्रमा प्रदिपको पिताको भूमिकामा देखिने कुरा चलेको थियो । तर राजेशले यो चलचित्र साइन भने गरिसकेका छैनन् । तर अहिले राजेशको फेसबुकको स्टाटस हेर्दा उनी यो चलचित्र गर्ने मुडमा रहेको बुझ्न सकिन्छ । उनले अब चलचित्र गर्नु पर्ला भनेर स्टाटस लेखेपछि अहिले धेरैले अब राजेशले प्रेम गीत ३ गर्ने भएको कुराको अनुमान लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्