चिकित्सकहरुलाई खटाईएका ठाउँमा जान स्वास्थ्यमन्त्रीको आग्रह !



२५ चैत्र २०७५, काठमाडौं

उप–प्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चिकित्सकहरुलाई खटाईएको ठाउँमा जान आग्रह गरेका छन् ।

समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै उनले भने, “सर्वप्रथम खटाएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा पुर्याउनुहोस्, यसपछि तपाईलाई पर्ने समस्या मन्त्रालयले सुन्छ र समाधान गर्छ । ”

प्रदेश र स्थानीय तहमा समायोजन भएपछि सङ्घमा आउन ढोका बन्द हुने र सरकारी चिकित्सक सङ्घ (गोदान)सित स्वास्थ्य मन्त्रालयले गरेको सहमति विपरीत समायोजन भएको भन्दै सरकारी चिकित्सक सङ्घमा आवद्ध चिकित्सकले सरकारी अस्पतालमा आकस्मिक बाहेकका आफ्नो सेवा तीन दिनदेखि अवरोध गरिराखेका छन् ।

प्रतिक्रिया दिनुहोस्