चलचित्र ‘ए मेरो हजुर ३’ को टाइटल गीत रिलिज (भिडियो)



२५ चैत्र २०७५, काठमाडौँ

यतिबेला चलचित्र ए मेरो हजुर को चर्चा जताततै छ । चलचित्र ए मेरो हजुर ३ यहि चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्र ए मेरो हजुर ३ को ३ गीत र ट्रेलर सार्वजनिक भैसकेको छ । जसलाई दर्शकले निकै नै रुचाएका छन् ।

त्यस्तै चलचित्र प्रदर्शन हुन केही दिनमात्र बाकी हुँदा चलचित्र टिमले चलचित्रको टाइटल गीत सार्वजनिक गरेको छ । तर भिडियो नभएर अडियो मात्र सार्वजनिक गरेको छ । रवि मल्लको शब्द र कल्याण सिंहको संगीत रहेको सत्य भन्छु बोलको गीतमा चर्चित गायक प्रताप दासको आवाज रहेको छ । चलचित्र ए मेरो हजुर ३ मा अनमोल केसी र नव नायिका सुहाना थापाको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्