अबको ५ मा मुलुकबाट गरिबी हटाईसक्छु : प्रधानमन्त्री ओली



२५ चैत्र २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो पाँच भित्र मुलुकबाट गरिबी हटाउने दावी गरेका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

“हाम्रो मुलुकलाई हेप्ने दिन अब जानेछन् । हामी आफैले उत्पादन गरेको बस्तुबाट हामी धनी हुनेछौँ । विदेशबाट आयात गरी परनिर्भर हुने छैनौ ।” उनले भने ।

उनले मुलुक गरिब भएकै कारण नेपाली युवाहरु विदेशी भूमिमा गएर पसिना बगाउनुपर्ने दृष्टान्त सुनाउँदै अबको ५ भित्रमा देशबाट गरिबी हटाउने दावी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्