नेपाल एथ्लेटिक्स संघको अध्यक्षमा राजीव शाह निर्वाचित !



२५ चैत्र २०७५, काठमाडौं

नेपाल एथ्लेटिक्स संघको अध्यक्षमा राजीव बिक्रम शाह निर्वाचित भएका छन् ।

आईतबार चितवनमा भएको संघको अधिवेशनले शाहलाई पुनः दोस्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो ।

जिल्ला संघको विवादका कारण हुन नसकेको अधिवेशन शनिबार राखेपले स्वीकृति दिएलगत्तै सोमबार सम्पन्न भएको थियो ।

अधिवेशनले अध्यक्ष शाहको नेतृत्वमा १० सदस्यीय कार्यसमिति गठन गरेको छ ।

कार्यसमितिको बैठकले पदाधिकारीको चयन गर्नेछ । संघमा थप चार सदस्य अध्यक्षले मनोनित गर्न पाउने विधानमा उल्लेख छ ।

कार्यसमितिभित्र

शैलेन्द्र पाण्डे
तेजेन्द्र थापा
जनकबहादुर रावल
दिपक रानाभाट
धनबीर चौधरी
दिलबहादुर बम
जितेन्द्र चौधरी
गजबहादुर गुरुङ
कुमार श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्