एकअर्काको साथ माग्दै प्रियंका र आयुष्मान (भिडियो)



२५ चैत्र २०७५, काठमाडौँ

आयुष्मान देशराज जोशी र प्रियंका कार्की पछिल्लो समयका निकै नै चर्चित र व्यस्त जोडी हुन् । यी दुई चलचित्रमा मात्र नभएर सामाजिक कार्यमा पनि संलग्न छन् । त्यस्तै यी दुईको मुख्य भूमिका रहेको चलचित्र प्रेम दिवस को दोस्रो गीत भर्खरै सार्वजनिक भएको छ ।

शान्ति प्रियको शब्द र दिपक शर्माको संगीत रहेको बरु अर्को जुनी बोलको गीतमा निशान भट्टराई र मेलिना राईको आवाज रहेको छ । निकै रोमान्टिक शैलीको गीतमा प्रियंका र आयुष्मानलाई फिचरिङ गराइएको छ । चलचित्र प्रेम दिवस आउँदो जेठ ३१ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्