‘सालको पातको टपरी’ पछि विष्णु माझी र कुलेन्द विकको अर्को दमाकेदार लोकदोहोरी गीत रिलिज (भिडियो)



२६ चैत्र २०७५, काठमाडौँ

कुलेन्द्र विक र विष्णु माझी लोकदोहोरी क्षेत्रका निकै नै चर्चित गायक गायिका हुन् । केहीसमय अघि यी दुईको सालको पातको टपरी बोलको गीत सार्वजनिक भएको थियो । जसले अत्याधिक सफलता पाउन सफल पनि भयो । त्यस्तै सालको पातको टपरी पछि विष्णु माझी र कुलेन्द्र विकले अर्को रमाइलो गीत लिएर आएका छन् ।

तेजस रेग्मीको शब्द र संगीत रहेको पिडालु बोलको गीतमा विष्णु माझी र कुलेन्द्र विकको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा भद्रगोल बाट चर्चामा आएकी रक्षा श्रेष्ठ, कुलेन्द्र विक र तेजस रेग्मीलाई फिचर्ड गराइएको छ । उक्त गीतको भिडियोलाई शिव विकले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्