सरकारले एक वर्षे कार्यकालमा उल्लेख्य विकास गरेको छ : यातायातमन्त्री महासेठ



२६ चैत्र २०७५, काठमाडौं

सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिआरपी) तयार पारेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो विद्युतीय रेलमार्ग निर्माणका लागि डिपीआर तयार भईसकेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले करिव १ हजार किलोमिटर लम्बाई रहेको सो रेलमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षको श्रावण महिनाबाटै सुरु गर्ने योजना पनि अघि सारे ।

मन्त्री महासेठले सरकारले एक वर्षे कार्यकालमा विकास निर्माणको काममा उल्लेख्य प्रगति गरेको दावी पनि गरे ।

उनले भने, ‘सरकारले एक वर्षभित्रमा उल्लेख्य विकास निर्माणका कामहरु गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्