२६ चैत्र २०७५, काठमाडौं
तराईका कुनै भागमा ‘चिनीयाँ गो ब्याक’का स्लोगनहरु घनक्याईरहँदा चीन सरकारले नेपालको आँधी पीडितलाई सहयोग गरेको छ ।
गत १७ चैत्रमा नेपालको पूर्वी बारा–पर्सामा आएको आँधीहुरीबाट प्रभावितहरुलाई चीन सरकारले सहयोग गरेको हो ।
चिनियाँ राजदूत होउ याङ्छीले चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट ५५ लाख रुपैयाँ प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेकी हुन् ।
रकम हस्तान्तरण गर्दे भनिन् “नेपालीको भावनामा हामी चिनियाँहरू पनि छौं । साथै मानवीय क्षतिप्रति समवेदना व्यक्त गर्दछौं ।”
राजदूतले प्रधानमन्त्री निवास पुगेर मृतकप्रति समवेदना र समस्यामा परेकालाई सहानुभूति व्यक्त गर्दै दुःखमा चीन सँगै रहने बताएकी हुन् ।
“नेपाल र चीन एकाआपसका हितैषी मित्र हुन् । एक सच्चा मित्रलाई दुःख पर्दा अर्कोलाई दुख्छ’ । उनले थपिन् ।
यो पनि पढ्नुहोस् !