‘दोहोरी ब्याटल २’ को विवादपछि प्रकाश सपूत र प्रिती आले माफी माग्दै मिडियामा (भिडियो)



२६ चैत्र २०७५, काठमाडौँ

प्रकाश सपूत नेपाली लोकदोहोरी क्षेत्रका निकै नै चर्चित गायक हुन् । उनलाई बोल माया बोलको गीतले नयाँ परिचय दिएको थियो । त्यसपछि उनले फूल्यो बामरी जस्ता सुपरहिट गी गाएकी गायिका प्रिती आलेसँग दोहोरी ब्याटल निकालेका थिए । जसलाई पनि दर्शकले औधी रुचाएका थिए ।

दोहोरी ब्याटल हिट भएपछि प्रकाश र प्रितीले अहिले दोहोरी ब्याटल २ पनि निकालेका छन् । यो गीतले अहिलेसम्मै छोटो समयमा सर्वाधिक भ्यूज पाउने गीतमा आफ्नो नाम लेखाइसकेको छ । तर यो गीतलाई लिएर केही दर्शकले नेगेटिभ कमेन्ट पनि गरेका छन् । धेरैले गीतमा प्रयोग भएका केही शब्द सुन्न लाज लाग्ने खालको भएको भनेर कमेन्ट गरेपछि प्रकाश र प्रिती मिडियामा आएका छन् ।

प्रकाश र प्रितीले आफूहरुले यो गीत युवापुस्तालाई टार्गेट गरेर बनाएको बताए । त्यसैगरी यो गीतमा आफूले त्यस्ता नराम्रा शब्दको प्रयोग नगरेको तर गरेको भए त्यसको लागि सबै दर्शकसँग माफी पनि मागेका छन् । प्रकाश र प्रितीले यो गीत मात्र मनोरञ्जनका लागि विशेष युवापुस्ताको लागि बनाएको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्