‘ब्ल्याकपिङ्क’ को नयाँ कीर्तिमान : ६२ घण्टामा १० करोड पटक हेरियो कोरियाली म्युजिक भिडियो



२६ चैत २०७५, काठमाडौं

दक्षिण कोरियाको पप सङ्गीतको समूह ब्ल्याकपिङ्कले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडियोले नयाँ कीर्तिमान बनाउन सफल भएको छ ।

’किल दिस लभ’ नामक भिडियोले दुई दिन १४ घण्टामा सो सङ्ख्या पार गर्दै अर्को कोरियाली पीएसवाईको जेन्टलम्यान गीतको कीर्तिमान भङ्ग गरेको छ ।

युट्युबका अनुसार पहिलो दिननै सो भिडिओ पाँच करोड ६७ लाख पटक हेरिएको थियो ।

यसको अर्थ पहिलो २४ घण्टामा सबैभन्दा बढी हेरिएको भिडियोको कीर्तिमान पनि ब्ल्याकपिङ्कले राखेको छ ।

युट्युबमा २४ घण्टामा सबैभन्दा बढी हेरिएका भिडियो :

१. ब्ल्याकपिङ्क : किल दिस लभ, पाँच करोड ६७ लाख

२. आरियाना ग्रान्डे : थ्याङ्कयु नेक्स्ट, पाँच करोड ५४ लाख

३. बीटीएस : आइडल अफिशल, चार करोड ५९ लाख

४. टेलर स्विफ्ट : लुक ह्वाट यू मेड मी डु, चार करोड ३२ लाख

५. एमिनेम : किलसट, तीन करोड ८१ लाख

सन् २०१६ मा बनेको ब्ल्याकपिङ्क समूहमा जिसु, जेनी, लोझे र लिसा सदस्य छन् ।

ब्ल्याकपिङ्कले सन् २०१६ को अगस्टमा पहिलो एल्बम स्क्वायर वन निकालेको थियो ।

यो समूह अमेरिकाको इतिहासमा सबैभन्दा चर्चित कोरियाली महिला पप समूह बन्यो र सन् २०१८ मा ’डु डु डु’ भिडियो युट्युबमा सबैभन्दा बढी हेरिएको कोरियाली पप भिडियो बनेको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्