‘प्रेम गीत ३’ मा प्रदिपको जोडी नीति !



२६ चैत्र २०७५, काठमाडौँ

प्रदिप खड्का अहिलेका सर्वाधिक डिमाण्डेड र व्यस्त अभिनेता हुन् । उनलाई चलचित्रमा काम गर्न भ्याईनभ्याई छ । यतिबेला देशव्यापी रुपमा उनको चलचित्र लब स्टेशन प्रदर्शन भैरहेको छ । त्यस्तै प्रदिप अब चलचित्र प्रेम गीत ३ मा व्यस्त हुने भएका छन् ।

चलचित्र प्रेम गीत ३ मा नायिकाको खोजी भैरहेको थियो । त्यस्तै चलचित्र प्रेम गीत ३ मा मिस नेपाल इन्टरनेशनल २०१७ की विजेता नीति शाह हुने चर्चा खुबै चलेको छ । यो कुराको खुलासा नीति आफैँले गरेकी छिन् ।

नीतिले आफूलाई चलचित्रबाट अप्रोज आएको र चलचित्रको कथा मन पनि परेको बताएकी छिन् । उनले प्रेम गीत ३ मा आफू हुने सम्भावना प्रवल भएको बताएकी छिन् । उनले आफूलाई प्रदिपसँग काम गर्न निकै रहर भएकाले पनि आफू प्रेम गीत ३ मा हुनसक्ने कुरा बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्