जसिताले अर्कैसँग विवाह गर्दा प्रदिपलाई भयो तनाव (भिडियो)



२६ चैत्र २०७५, काठमाडौँ

यतिबेला चलचित्र लब स्टेशन देशव्यापी रुपमा भव्यताका साथ प्रदर्शन भैरहेको छ । विशेष चलचित्र लब स्टेशन को गीत संगीतलाई दर्शकले निकै रुचाएका छन् । त्यस्तै चलचित्र प्रदर्शनको चौथो दिन लाग्दा चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको छ ।

दिपक शर्मा र उषा सेरचनको शब्द र रिकेश गुरुङको संगीत रहेको तिमी रुदाँ बोलको गीतमा डेविड शंकरको आवाज रहेको छ । गीतमा प्रदिप र जसिता फिचर्ड छन् । त्यस्तै निकै भावुक शैलीको गीतमा जसिताको विवाह भएको देखाइएको छ । चलचित्र लब स्टेशन ले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्