‘छक्का पञ्जा ३’ पछि अब ‘छ माया छपक्कै’ बनाउँदै दिपक–दिपा



२६ चैत्र २०७५, काठमाडौँ

दिपराज गिरी र दिपाश्री निरौलाले नेपाली चलचित्र क्षेत्रमा अहिले कब्जा नै जमाएका छन् । केही बर्षयता नेपाली चलचित्र क्षेत्रलाई उनीहरुले नै सम्हालिरहेका छन् पनि मिल्छ । त्यस्तै यी दुईले निर्माण गरेका हरेक चलचित्र ब्लकबस्टर छन् ।

पछिल्लो समयमा यी दुईले निर्माण गरेको चलचित्र छक्का पञ्जा ३ अहिलेसम्मकै सर्वाधिक कमाई गर्ने नेपाली चलचित्र हो । त्यस्तै अब यी दुई मिलेर फेरि नयाँ चलचित्र बनाउने भएका छन् ।

चलचित्रको नाम छ माया छपक्कै राखिएको छ । त्यस्तै यो चलचित्रको छायाँकन बैशाखको पहिलो साताबाट सुरु गर्ने समेत बताइएको छ । चलचित्रमा दिपकराज गिरी र केदार घिमिरे फाइनल भैसकेका छन् भने अन्य कलाकार फाइनल हुन बाकिँ नै छ ।

प्रतिक्रिया दिनुहोस्