एउटै कपडा धेरैपटक लाएको भनेर ट्रोल गर्नेलाई ‘दिनकै कपडा किन्ने पैसा मसँग छैन’ भन्दै जान्वीले दिइन् कडा जवाफ



२६ चैत्र २०७५, काठमाडौँ

जान्वी कपुर पछिल्लो समयकी बलिउडकी निकै चर्चित नायिका हुन् । उनी चलचित्र धडक बाट बलिउडमा आएकी हुन् । पहिलो चलचित्रबाट नै जान्वीले निकै सफलता पाउन सफल भइन् । त्यस्तै उनी बेला बेलामा ट्रोलको सिकार समेत हुने गरेकी छिन् ।

यसपटक भने उनी आफ्नो कपडाको कारण ट्रोल बनेकी छिन् । एउटै कपडा दोहोर्याएर लगाएको भन्दै उनको ट्रोल बनाइएको हो । आफूलाई ट्रोल गर्नेलाई जान्वीले कडा जवाफ दिएकी छिन् ।

उनले दिनदिनै आफूसँग कपडा किन्ने पैसा नभएको बताएकी छिन् । जान्वीको यो जवाफ निकै अर्थपूर्ण रहेको पनि छ । जान्वीले आफूले लगाउने कपडाले सबैको चित्त बुझाउन नसकिने समेत बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्