मध्यरातमा यस्तो अवस्थामा नेपाल फर्किए पूजा र आकाश, एयरपोर्टमा अनमोल र प्रदिपबारे पूजाले यस्तो भनिन् (भिडियो)



२७ चैत्र २०७५, काठमाडौँ

पूजा शर्मा र आकाश श्रेष्ठ पछिल्लो समयका निकै नै चर्चित जोडी हुन् । यी दुई रियलमा नभएर रिल लाइफका जोडी हुन् । चलचित्र रामकहानी मा एकसाथ काम गरेपछि यी दुईलाई दर्शकले अत्याधिक माया दिएका हुन् । अहिले फेरि उनीहरु दोस्रो पटक चलचित्र सम्हालिन्छ कहिले मन मा काम गर्दैछन् ।

यहि चलचित्रको सुटिङको लागि करिब २ महिना अघि पूजा र आकाश चलचित्र टिमसँग लण्डन उडेका थिए । हिजोराति मात्र उनीहरु लण्डनबाट नेपाल फर्किएका छन् । त्यस्तै मध्यरातमा एयरपोर्ट आइपुग्दा पनि पूजा र आकाशलाई हेर्ने दर्शकको निकै भीड निकै थियो ।

त्यस्तै पूजा र आकाशले चलचित्रको छायांकन निकै राम्रोसँग भएको समेत बताए । त्यस्तै पूजालाई प्रदिपको चलचित्रबारे पनि प्रश्न सोधिएको थियो । जहाँ उनले अब प्रदिपको चलचित्र पनि हेर्छु भनेकी थिइन् । साथै उनले अनमोलको क्याप्टेन पनि अब हेर्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्