नाचेरै आफूलाई विश्वभर चिनाएकी नेपालकी छोरी तेरिया मगर उमेर बढेसँगै भएकी छिन् यति धेरै राम्री (फोटो सहित)



२७ चैत्र २०७५, काठमाडौँ

तेरिया मगरलाई नचिन्ने सायद मान्छे नै छैनन् होला । सानो उमेरमा नै उनले नसोचेको सफलता हासिल  गरेकी छिन् । करिब ५ बर्षअघि भारतको चर्चित रियालिटी शो डिआइडी लिटल मास्टर सिजन ३ को उपाधी जितेकी थिइन् । त्यसपछि नै उनको चर्चा विश्वभर फैलिएको हो ।

त्यस्तै करिब ३ बर्ष अघि भारतको अर्को चर्चित रियालिटी शो झलक दिखलाजा सिजन ९ को उपाधी जित्न पनि सफल भएकी थिइन् । अहिले उनी १७ बर्षकी भएकी छिन् ।

तेरियाले नाचेर नै सानो उमेरमा आफूलाई र आफ्नो देशलाई विश्वभर चिनाउन सफल भएकी छिन् । उनी अहिले पनि देश तथा विदेशका कार्यक्रममा निकै व्यस्त छिन् । उमेर बढेसँगै तेरिया निकै नै राम्री पनि हुँदै गएकी छिन् । उनका केही तस्बिरहरु तल देखाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्