दिपाले ‘लब स्टेशन’ मन परेन भनेपछि प्रदिपले दिए यस्तो जवाफ (भिडियो)



२७ चैत्र २०७५, काठमाडौँ

यतिबेला देशव्यापी रुपमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको चलचित्र लब स्टेशन प्रदर्शन भैरहेको छ । चलचित्र लब स्टेशनले अहिले देशव्यापी रुपमा निकै राम्रो कमाई गरिरहेको छ ।

त्यस्तै दर्शकबाट राम्रो प्रतिक्रिया आईरहँदा पनि चलचित्रलाई समिक्षकले भने चोरीको आरोप लगाएका छन् । चलचित्र लब स्टेशन हेर्न चर्चित कलाकार तथा निर्देशक दिपाश्री निरौला पनि पुगेकी थिइन् । उनले भने चलचित्रलाई लिएर गुनासो पोखेकी छिन् । दिपाले आफूले सोचेको जस्तो चलचित्र राम्रो नलागेको बताएकी छिन् ।

दिपाको यस्तो भनाइबारे अभिनेता प्रदिप खड्काले मुख खोलेका छन् । प्रदिपले सबैको चलचित्रप्रति आ–आफ्नै आश रहेको हुने बताए । उनले दिपाको कुरालाई सहज रुपमा लिएका छन् । प्रदिपले दिपा आफैँ पनि निर्देशक भएर त्यस्तो फिल भएको हुनसक्ने बताए । साथै उनले चलचित्रको मूल्याङ्कन चलचित्रकर्मी र समिक्षकले नभई दर्शकले गर्ने गरेकाले आफ्नो चलचित्रलाई लिएर आफू खुसी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्