बलिउडमा डेब्यु गर्दै करिना र सैफका छोरा तैमुर, पहिलो चलचित्रमा नै लिए यतिधेरै पारिश्रमिक



२७ चैत्र २०७५, काठमाडौँ

करिना कपुर र सैफ अली खानका छोरा तैमुर खान बलिउडका सबैभन्दा चर्चित स्टारकिड्स हुन् । जन्मेदेखि नै उनको चर्चा बलिउडमा खुबै छ । त्यस्तै यति सानो उमेरमै उनका धेरै नै फ्यान बनिसकेका छन् । सबैको चाहना तैमुरलाई पनि फिल्ममा देख्ने रहेको छ । अब तैमुरका फ्यानको यो इच्छा पुरा हुने भएको छ ।

अब करिनाका साना छोरा तैमुर चलचित्रमा पनि देखिने भएका छन् । आफ्नै आमा करिनासँग चलचित्र गुड न्युज बाट डेब्यु गर्दैछन् । यो चलचित्रमा करिनाको अपोजिटमा अक्षय कुमार देखिने भएका छन् । त्यसैगरी चलचित्रमा तैमुरले करिना र अक्षयका छोराको भूमिका निभाउने भएका छन् । यो चलचित्रका लागि तैमुरले १ करोड लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्