सलमान खानको चलचित्र ‘दबंग ३’ को कथा भयो लिक, यस्तो छ चलचित्रको कहानी



२७ चैत्र २०७५, काठमाडौँ

बलिउड स्टार सलमान खान यतिबेला चलचित्र दबंग ३ को सुटिङमा व्यस्त छन् । दबंग का २ सिरिजलाई दर्शकले निकै रुचाएका थिए । दबंग ३ मा पनि सलमान र सोनाक्षी नै मुख्य भूमिका रहेको छ । तर चलचित्र दबंग ३ को कथा भने लिग भैसकेको छ । यसैकारण अहिले चलचित्र निर्माण टिम निकै समस्यामा परेको छ ।

प्राप्त जानकारी अनुसार यस फिल्ममा सलमान खान भू–माफियाविरुद्ध लड्दै गरेको देखाइनेछ । चुलबुल पाण्डेको भूमिकामा रहेका सलमान खानलाई भिलेन सुदिपले च्यालेन्ज दिएका छन् । उत्तर भारतका केही शहरहरुमा भुमाफियाको राज भएको हुन्छ । उक्त दादागिरीलाई तहसनहस पार्न सलमान खान पुग्छन् ।

चलचित्र दबंग ३ लाई प्रभु देवाले निर्देशन गरिरहेका छन् । प्रभु देवा निर्देशक मात्र नभएर डान्स कोरियोग्राफर पनि हुन् । प्रभु देवाले यो भन्दा अगाडी सलमानसँग चलचित्र वान्टेड मा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्