‘सालको पातको टपरी’ पछि विष्णु माझीको ‘लालुमै’ बोलको गीतले पायो युट्युबमा करोड भ्यूज (भिडियो)



२७ चैत्र २०७५, काठमाडौँ

विष्णु माझी लोकदोहोरी क्षेत्रकी निकै नै सफल गायिका हुन् । उनले लोकदोहोरी क्षेत्रमा धेरै सफल गीतहरु गाइसकेकी छिन् । केहीसमय अघिमात्र उनको सालको पातको टपरी बोलको गीत सार्वजनिक भएको थियो । जसले युट्युबमा अहिलेसम्मकै लोकदोहोरी गीतमा सबैभन्दा धेरै भ्यूज पाउने गीतमा आफ्नो नाम लेखाएको छ ।

त्यस्तै विष्णु माझीको लालुमै बोलको गीतले पनि बजारमा निकै नै चर्चा पाएको थियो । त्यतिमात्र नभएर उक्त गीतल युट्युबमा १ करोड भ्यूज  पाउन सफल पनि भएको छ । यो लोकदोहोरी गीतको इतिहासमा करोड भ्यूज पाउने तेस्रो गीत हो ।

प्रतिक्रिया दिनुहोस्