चर्चित बालगायिका समिक्षा अधिकारीको नयाँ गीत रिलिज (भिडियो)



२७ चैत्र २०७५, काठमाडौँ

समिक्षा अधिकारी पछिल्लो समयकी निकै नै चर्चित बालगायिका हुन् । उनी चलचित्र नाई नभन्नु ल ५ को बालापनको उमेर बोलको गीतबाट चर्चामा आएकी हुन् । त्यसैगरी अहिले भर्खरै मात्र उनको नयाँ गीत सार्वजनिक भएको छ ।

सघोत्री आचार्यको शब्द र टंक बुढाथोकीको संगीत रहेको ब्युटी ब्युटी बोलको गीतमा समिक्षा अधिकारी र सर्बिन बोगटीको आवाज रहेको छ । उक्त गीतमा सुनिल क्षेत्री र सृष्टि खड्कालाई फिचरिङ गराइएको छ । उक्त गीतलाई निश्चल केसीले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्