अनमोल र सुहानाले झरना र भुवनको नक्कल यसरी गरे (भिडियो)



२८ चैत्र २०७५, काठमाडौँ

अनमोल केसी र सुहाना थापा यतिबेला चलचित्र ए मेरो हजुर ३ को प्रमोशनमा निकै नै व्यस्त छन् । चलचित्र ए मेरो हजुर ३ आउँदो शुक्रबार अर्थात चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । यसैको लागि उनीहरु विभिन्न अन्तवार्तामा व्यस्त छन् ।

यस्तै भर्खरै मात्र भएको एक अन्तवार्तामा उनीहरुले खुब रमाइलो गरेका थिए । अनमोल र सुहानाले आफ्नो आमाबुबाको नक्कल समेत गर्न भ्याएका थिए । अनमोल र सुहानाको केमेष्ट्रिलाई दर्शकले निकै नै रुचाएका छन् । पहिलो चलचित्रबाट नै सुहानाले दर्शकको अत्याधिक माया पाइरहेकी छिन् । उनी चलचित्रलाई लिएर आफू निकै उत्साहित भएको समेत बताउँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्