स्वस्तिमा र निश्चलका फ्यानको लागि खुसीको खबर, पहिलो पटक चलचित्रमा एकसाथ काम गर्दै



२८ चैत्र २०७५, काठमाडौँ

स्वस्तिमा खड्का र निश्चल बस्नेत नेपाली चलचित्र क्षेत्रका निकै नै चर्चित जोडी हुन् । यी दुईको जोडीलाई दर्शकले निकै नै रुचाउने गरेका छन् । त्यतिमात्र नभएर यी दुईलाई राष्ट्रिय दाजु भाउजुको उपनाम समेत दिइएको छ ।

स्वस्तिमा र निश्चलले एकसाथ कुटु मा कुटु गीतमा काम गरेका थिए । त्यसपछि दर्शकले लामो समयदेखि यी दुईलाई एकसाथ चलचित्र हेर्नको लागि डिमाण्ड गरिरहेका थिए । अब दर्शकको इच्छा पुरा हुने भएको छ । निश्चल र स्वस्तिमा पहिलो पटक चलचित्रमा एकसाथ काम गर्ने भएका छन् ।

हेमराज बिसीले निर्देशन गर्न लागेको चलचित्र घामड शेरे मा यी दुईले एकसाथ काम भएका छन् । चलचित्रको छायांकन बैशाखबाट सुरु हुने बताइएको छ । चलचित्रमा निश्चल र स्वस्तिमा जोडीको रुपमा देखिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्