मेयरकप क्रिकेट : बिराटनगरको पोल्टामा उपाधी



२८ चैत २०७५, इटहरी

इटहरीमा जारी मेयरकप खेलकुद प्रतियोगिता अन्र्तरगत क्रिकेट प्रतियोगिताको उपाधी विराटनगर महानगरपालिकाले आफ्नो पक्षमा पारेको छ । बुधबार सम्पन्न फाइनलमा आयोजक इटहरी उपमहानगरपालिकालाई ७८ रनले पराजित गर्दै विराटनगरले उपाधीसहित नगद ५० हजार रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता बनेको इटहरीले २५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

इटहरी–९ स्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धा्रित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ७३ रनको योगफल खडा गरेको थियो । विराटनगरको लागि पुष्प थापाले बिष्फोटक ब्याटिङ गर्दै सर्वा्धिक ९६ रन जोडे । कप्तानी पारी खेलेका थापाले ३४ बलमा १२ चौका र ६ छक्का प्रहार गरे । यस्तै रवि रोयले २२, फिर्दोस अन्सारीले २१ र मिनस थापाले १५ रनको योगदान दिए ।

जवाफमा १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको इटहरी १७ दशमलव १ ओभरमा ९५ रनमा समेटियो । इटहरीका लागि मनिष दाहालले नटआउट २७ रन बनाउँदा सरोज कटुवालले २५ तथा सुमन पौडेलले २० रन जोडे । म्यान अफ द फाइनल विराटनगरका पुष्प थापा भए । उनले नगद १ हजार र ट्रफी पाए । इटहरी उपमहानगरपालिकाको संयोजनमा भएको प्रतियोगतामा १ नम्बर प्रदेशका ८ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्