चिन्नै नसकिने लुक्समा सडकमा यस्तो अवस्थामा भेटिइन् दिपिका पादुकोण (भिडियो)



२८ चैत्र २०७५, काठमाडौँ

बलिउड नायिका दिपिका पादुकोण यतिबेला चलचित्र छपाक को सुटिङमा व्यस्त छिन् । उनी करिब १ बर्षपछि चलचित्रमा फर्किएकी छिन् । चलचित्र छपाक मा दिपिकाले एसिड आक्रमणबाट बच्न सफल लक्ष्मी अग्रवालको भूमिका निर्वाह गरेकी छिन् । जसको लागि उनले आफ्नो पुरै रुप नै परिवर्तन गरेकी छिन् ।

त्यस्तै दिपिका केहीदिन अघि चलचित्र छपाक को सुटिङ गर्दै गर्दा सडकमा भेटिएकी छिन् । उनलाई देखेर दर्शकहरु नै छक्क परे । उनी सजिलै चिनिने गेटअपमा पनि थिइनन् । यो चलचित्र निकै प्रतिक्षित बनिरहेको छ । चलचित्र छपाक २०२० जनवरी १० बाट प्रदर्शनमा आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्