सैफ अली खानकी छोरी सारा अली खानविरुद्ध मुद्दा दर्ता



२८ चैत्र २०७५, काठमाडौँ

साराअली खान पछिल्लो समयकी निकै नै चर्चित र व्यस्त नायिका हुन् । उनले चलचित्र केदारनाथ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । पहिलो चलचित्रबाट नै निकै  सफलता पाएपछि अहिले उनको डिमाण्ड चर्को छ । त्यस्तै सारा बेला बेलामा ट्रोलको सिकार समेत हुने गरेकी छिन् ।

केहीसमय अघि उनले एक अवार्ड शो मा शाहरुख खानलाई अंकल भनेपछि ट्रोल बन्न पुगेकी थिइन् । त्यस्तै अहिले उनी बाइक पछाडी हेलमेट नलगाई बसेकाले ट्रोल बन्न पुगेकी छिन् । तर यसपटक उनको यो कार्य ट्रोलमा मात्र नभएर पुलिस चौकीसम्म पुगेको छ । उनी विरुद्ध मुद्धा हालिएको छ । कानुनी नियम तोडेको भन्दै उनी विरुद्ध मुद्दा हालिएको हो । उनले हेलमेट नलगाई कार्तिक आर्यनसँग बाइकमा चडेको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्