२८ चैत्र २०७५, काठमाडौं
हामीले ब्ल्याक होल ‘कालो छिद्र’को बारेमा सुनेका अनि धेरैले त पढेका नै छौं ।
तर, भूगर्भशास्त्रीहरुले पहिलो पटक ब्ल्याक होल ‘कालो छिद्र’ को तस्वीर खिच्न सफल भएका छन् ।
सुदुर ग्यालेक्सीमा अवस्थित यो ब्ल्याक होल ४० अर्व किलोमिटरमा फैलिएको तथा पृथ्वीभन्दा ३० लाख गुणा ठूलो ब्ल्याक होल‘कालो छिद्र’लाई वैज्ञानिकहरुले ‘मोन्स्टर’ को संज्ञा दिँदै आएका छन् ।
विश्वका विभिन्न स्थानमा राखिएका आठ टेलिस्कोपको नेटवर्कबाट ५० करोड खर्व किलोमिटर टाढा रहेको ब्ल्याक ‘कालो छिद्र’होलको तस्वीर खिचिएको हो ।
यस अनुसन्धानमा संलग्न नेदरल्यान्डका प्रोफेशर हेइनो फाल्केले एम ८७ आकाशगंगामा ब्ल्याक होल‘कालो छिद्र’ भेटिएको बीबीसीलाई बताएका थिए ।
“हामीले जे देख्यौं त्यो सम्पूर्ण सौर्यमण्डलभन्दा ठूलो छ । उनले भनेका छन् ।
यसको घनत्व सूर्यभन्दा साढे ६ अर्व धेरै रहेको उनको भनाई छ ।
“हामीले सोचेको मध्ये यो एउटा ठूलो ब्ल्याक होल हो । यसलाई ब्रम्हान्डका ब्ल्याकहोलहरुको च्याम्पियन भने फरक पर्दैन । उनले थपे ।
खगोलशास्त्रीहरुले जनाए अनुसार उक्त ब्ल्याक होल पृथ्वीबाट करिब ५ करोड ५० लाख प्रकाश वर्ष पर रहेको छ ।
अर्थात् त्यहाँसम्म पुग्न प्रकाशलाई पनि ५ करोड ५० लाख वर्ष लाग्छ ।
के हो ‘कालो छिद्र’ब्ल्याक होल?
ब्ल्याक होल‘कालो छिद्र’हरु ब्रह्माण्डमा रहेका यस्ता स्थानहरु हुन् जहाँबाट केही चिज पनि फर्किन सक्दैन ।
यसमा अन्त्यतै बढि गुरुत्वाकर्षण शक्ति हुन्छ । त्यहीँ कारणले यिनको नजिक पुगेका हरेक चिज यहाँबाट फर्किन नसक्ने वैज्ञानिकहरुको सुरुवाती ठहर थियो ।
सन् १७८० को दशकमा नै ब्ल्याक होलको अस्तित्वबारे चर्चा हुन थालेको थियो ।
पछि बिसौं शताब्दीको सुरुमा वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले आफ्नो चर्चित सिद्धान्त ‘सापेक्षतावादको सामान्य सिद्धान्त’मा यसको अस्तित्व रहेको सैद्दान्तिक रुपमा पुष्टि गरेका थिए ।
यद्यपि सन् १९६० को दशकसम्म भने यसको नाम ब्ल्याक होल‘कालो छिद्र’ भइसकेको थिएन ।
ब्ल्याक होल‘कालो छिद्र’बारे अनुसन्धान गर्ने वैज्ञानिकको अग्रपंक्तिमा रोजर पेनरोज र स्टेफन हकिङ आउँछन् ।
कसरी खिचियो ब्ल्याक‘कालो छिद्र’होलको तस्वीर !
ब्ल्याक होल ‘कालो छिद्र’को फोटो खिच्ने प्रस्ताव पहिलोपटक प्राध्यापक फाल्केले आफू विद्यावारिधीको विद्यार्थी छँदै सन् १९९३ मा राखेका थिए ।
त्यतिबेला धेरैले यो कार्यलाई असम्भव ठान्थे । तर उनले ब्ल्याक होलबाट केही रेडियो तरंगहरु फर्किने भएकाले शक्तिशाली टेलिस्कोपको सहायताले पृथ्वीबाटै त्यसबारे थाहा पाउन सकिने उनले बताएका थिए ।
प्राध्यापक फाल्केले त्यो प्रस्ताव राखेको २० वर्ष पछि युरोयिन रिशर्च काउन्सिलले यो अनुसन्धानका लागि बजेट छुट्याउन तयार भयो ।
त्यसपछि ‘नेशनल साइन्स फाउन्डेसन’ र पूर्वी एशियाका एजेन्सीहरु पनि यो परियोजनामा जोडिएका थिए । कूल ४० करोड पाउन्ड स्टर्लिङको बजेट जम्मा भयो ।
“यो निकै लामो यात्रा थियो जसलाई म आफ्नै आँखाले देख्न चाहन्थे ।” प्रा. फाल्केले बिबिसीसँग भनेका छन् ।
एउटा मात्र टेलिस्कोपले ब्ल्याक होलको फोटो खिच्नु सम्भव थिएन । त्यसैले हावर्ड–स्मीथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्रा. सेफर्ड डोलेमनको नेतृत्वमा यो अनुसन्धान थालियो ।
संयुक्त रुपमा यिनीहरुलाई ‘इभेन्ट होराईजन टेलिस्कोप’ भन्न थालियो ।
कहाँ–कहाँ राखियो ति टेलिस्कोपहरु?
–हवाईको र मेक्सिकोको ज्वालामुखी
–एरिजोना र स्पेनिस सियरा नेभेडाको हिमाल
–चिलेको अटकामा मरुभुमी र अन्र्टाकटिका
त्यसपछि…
२०० जना वैज्ञानिक १० दिनसम्म अनवरत रुपमा खटे ।
यी टेलिस्कोपले जम्मा गरेका सूचना यति धेरै थिए, जसलाई इन्टरनेटबाट पठाउन सम्भव नै थिएन ।
त्यसैले सयौैं हार्ड ड्राईभमा जम्मा भएका सूचनालाई अमेरिकाको बोस्टन र जर्मनीको बोनमा रहेका सेन्ट्रल प्रोसेसिङ सेन्टरमा पठाईएको थियो ।
त्यहाँ यी सूचनालाई एकै ठाउँमा जोडियो । प्रा. डोलेमन यो उपलब्धीलाई असाधारण वैज्ञानिक उपलब्धी भन्छन् ।
“एक पुस्ता अगाडिसम्म पनि असम्भव मानिने काम हामीले पूरा गरेका छौं ।” प्रा. डोलेमोनले भनेका छन् ।