‘ए मेरो हजुर ३’ को टाइटल गीतमा अनमोल केसीको देखियो यस्तो क्रेज (भिडियो)



२८ चैत्र २०७५, काठमाडौँ

अनमोल केसी र नव नायिका सुहाना थापा अभिनीत चलचित्र ए मेरो हजुर ३ आउँदो शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्र ए मेरो हजुर ३ को गीतसंगीत र ट्रेलरले दर्शकको मन जितिरहेको बेला चलचित्र निर्माण टिमले चलचित्रको नयाँ गीत रिलिज गरेको छ ।

चलचित्र प्रदर्शनको एक दिन अघिमात्र चलचित्र ए मेरो हजुर ३ टिमले चलचित्रको टाइटल गीत सार्वजनिक गरेको छ । प्रतिक पौडेलको शब्द र पुष्पन प्रधानको संगीत रहेको ए मेरो हजुर बोलको गीतमा प्रताप दासको आवाज रहेको छ ।

चलचित्र ए मेरो हजुर ३ लाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा अनमोल र सुहानाका साथ सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, रेअर राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्