आज केदार घिमिरे ‘माग्ने बुढा’ को जन्मदिन, शुभकामना दिनेको ओइरो



२८ चैत्र २०७५, काठमाडौँ

केदार घिमिरे नेपाली चलचित्र जगतका निकै सफल कलाकार हुन् । उनलाई धेरैले केदार भन्दापनि माग्ने बुढा भनेर चिन्ने गरेका छन् । हुन पनि आज केदारलाई यो स्थानसम्म माग्ने बुढा क्यारेक्टरले नै पुर्याएको हो । आज तिनै माग्ने बुढाको जन्मदिन रहेको छ ।

माग्ने बुढा आजबाट ४५ औँ बर्षमा प्रवेश गरेका छन् । उनको जन्म वि.सं २०३२ साल चैत्र २८ गते भएको थियो । उनले नेपाली कलाकारिता क्षेत्रमा निकै ठूलो योगदान समेत दिएका छन् । वास्तवमा माग्ने बुढा कलाकार बन्ने सोच लिएर गाउँबाट सहरसम्म आएका थिएनन् । उनी वकिल बन्न चाहन्थे तर बिचमै उनको पाइला कलाकारिता तर्फ मोडियो र आज उनी यसै क्षेत्रमा परिचित छन् ।

माग्ने बुढाले यो स्थानसम्म आउनको लागि निकै नै संघर्ष गरेका छन् । त्यसैकारण उनी सम्पूर्ण दर्शकको मनमुटुमा बस्न सफल छन् । आज माग्ने बुढाको जन्मदिन परेकाले उनका आफन्त र शुभ चिन्तकले शुभकामना दिइरहेका छन् । हाम्रो तर्फबाट पनि केदार घिमिरे अर्थात माग्ने बुढालाई जन्मदिनको धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्