२८ चैत्र २०७५, काठमाडौं
बालुवाटारस्थित ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको पनि जग्गा रहेको विषयमा सरकारले पौडेल पीडित रहेको बताएको छ ।
बिहिबार पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पौडेल पीडित रहेको बताएका हुन् ।
“विष्णु पौडेल त्यो फर्जी धन्दामा संलग्न भएको होइन । उहाँले त कसैले लिएर आएको जग्गा, कसैको नाममा भइसकेको जग्गा उहाँले किन्नुभएको हो । त्यस्ता अरु पनि धेरै होलान् ।” उनले भने ।
पौडेल पीडित हो कि पीडक भनी सञ्चारकर्मीले छुट्याउनुपर्ने प्रश्नमा उनले भने “उहाँले जारी गरेको बयानको आधारमा उहाँ पीडित भइसक्नुभयो ।” विष्णुजीले जग्गा किन्नुभयो । तर, त्यो नक्कली परेछ । बाँस्कोटाले भने,
नेकपाको नेताले ७र८ आना जग्गा किनेकाले उहाँलाई पीडक बनाइएको भन्दै बाँस्कोटाले असन्तुष्टि जनाए।
सरकारले विवादित जग्गा रोक्का राखिसकेको उनले जानकारी दिए । थप छानबिन हुन बाँकी नै रहेको उनको बताएका थिए ।
यो पनि पढ्नुहोस् !