नायिका स्वेता खड्काले माझी बस्तीमा ५३ वटा यति सुन्दर घर बनाइन्



२८ चैत्र २०७५, काठमाडौँ

नायिका स्वेता खड्का नेपाली चलचित्र क्षेत्रकी निकै चर्चित  नायिका हुन् । उनी चलचित्र कहाँ भेटिएला बाट नेपाली चलचित्र क्षेत्रमा आएकी थिइन् । उनी स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकी श्रीमती पनि हुन् ।

पछिल्लो समयमा उनी चलचित्रमा भन्दापनि सामाजिक कार्यमा बढी व्यस्त छिन् । उनले २०७२ सालको भूकम्प पछि सिन्धुपाल्चोकको भत्किएको माझी बस्ती बनाइदिने वाचा गरेकी थिइन् ।

नभन्दै उनले आफ्नो वाचा पुरा गरेकी छिन् । उनले उक्त माझी बस्तीमा ५३ वटा सुन्दर घरहरु बनाइदिएकी छिन् । उनले बनाएका बस्तीहरु निकै नै राम्रा रहेका छन् । उनले एउटा घर करिब ७ लाखको लागतमा बनाइदिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्